रुसले सार्वजनिक गर्यो युक्रेनमा हताहतीको संख्या, कति मारिए ? « Khabarhub

रुसले सार्वजनिक गर्यो युक्रेनमा हताहतीको संख्या, कति मारिए ?


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा जारी आक्रमणमा आफ्नो तर्फ भएको सैनिक हताहतीको तथ्यांक सार्वजनिक गरेको छ । रुसी सैनिक निकायका उपप्रमुख कर्णेल जनरल सेर्गेई रुद्स्कोईले युक्रेनमा १३०० भन्दा धेरै रुसी सैनिक मारिएको जनाएका हुन् ।

उनका अनुसार युक्रेनमा १३५१ रुसी सैनिक मारिएका छन् । त्यस्तै, रुसी आक्रमणमा युक्रेनी सेनातर्फ १४ हजार जनाको मृत्यु भएको उनको दाबी छ ।

त्यसैगरी, रुसी आक्रमणका क्रममा हालसम्म ३ हजार ८ सय २५ जना घाइते भएको उनले बताए । युक्रेनमा मारिएका सैनिकका परिवारलाई राज्यले सहयोग गर्ने समेत आश्वासन दिए ।

यसअघि युक्रेनले एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार रुसी सैनिक मारिएको दाबी गरेको थियो । युक्रेनमा हालसम्म आधा दर्जनजति वरिष्ठ रुसी सैनिक अधिकारी समेत मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : ४५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्