सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः ओली | Khabarhub Khabarhub

सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः ओली


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अबको निर्वाचनमा कुनै पनि दलले एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा एमालेनिकट मुस्लिम संगठन इतेहादको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन् ।

अहिले एमालेसँग लडेर सकिँदैन भनेर प्रधानमन्त्री देउवाले मात्र बुझेको तर्क गरे ।

उनले काँग्रेससँग चुनाव जित्नका लागि कुनै एजेण्डा नभएकाले एमाले नेतृत्वको सरकारको भण्डाफोर गर्ने अभियान चलाउन थालेको आरोप पनि लगाए ।
त्यस्तै ओलीले प्रचण्डलाई सपार्न आफूले अनेकौं प्रयास गरेको तर्क गरे ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ४८ बजे

‘गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन्’

काभ्रेपलाञ्चोक– पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

एजेन्सी– चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन

रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने

तम्घास– यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक

महिला पत्रकारको अर्थपूर्ण सहभागितामा अवरोध : उपसभामुख राना

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा

उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको भवन