आईपीएल: चेन्नईमाथि पन्जाबको जित | Khabarhub Khabarhub

आईपीएल: चेन्नईमाथि पन्जाबको जित


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पन्जाब विजयी भएको छ।

मुम्बईमा भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गरेको हो।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन समेटिएको हो।

चेन्नईका लागि अम्बाती रायडुले ७८, रुतुराज गायकवाडले ३० रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए। पन्जाबका कागिसो रबडा र ऋषि धवनले दुईदुई विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो। उसका लागि शिखर धवन ८८, भानुका राजपाक्षेले ४२ रन जोड्दा लियाम लिभिङस्टोनले १९ रन जोडे। चेन्नईका ड्वाने ब्राभोले दुई विकेट लिए।

छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ। नवौं स्थानको चेन्नईको यो छैटौं हार हो। उसले ८ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ४९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग