आईपीएल: चेन्नईमाथि पन्जाबको जित « Khabarhub

आईपीएल: चेन्नईमाथि पन्जाबको जित


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पन्जाब विजयी भएको छ।

मुम्बईमा भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गरेको हो।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन समेटिएको हो।

चेन्नईका लागि अम्बाती रायडुले ७८, रुतुराज गायकवाडले ३० रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए। पन्जाबका कागिसो रबडा र ऋषि धवनले दुईदुई विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो। उसका लागि शिखर धवन ८८, भानुका राजपाक्षेले ४२ रन जोड्दा लियाम लिभिङस्टोनले १९ रन जोडे। चेन्नईका ड्वाने ब्राभोले दुई विकेट लिए।

छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ। नवौं स्थानको चेन्नईको यो छैटौं हार हो। उसले ८ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ४९ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल