मनाङका १५ जनप्रतिनिधि निर्विरोध « Khabarhub

मनाङका १५ जनप्रतिनिधि निर्विरोध


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मनाङका १५ जनप्रतिनिधि निर्विरोध बनेका छन्। ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र सदस्य निर्विरोध बनेका हुन्।

निर्वाचन आयोगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविरोध सकिएपछि मात्र निर्विरोध घोषणा गर्नेछ।

चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेरदवारको एकल उम्मेदवार परेको हो।

मनाङको चामे गाउँपालिका( १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन्।

सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्। वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बने।

नासो गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ वडाअध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध भए।

मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए।

निस्याङ गाउँपालिका३ वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङको वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ। सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरीको एकल उम्मेदवारी परेको छ। उनीहरु स्वतन्त्रबाट उम्मेदवार बनेका हुन्।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ०२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका