पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया « Khabarhub

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

‘आयोगले लजिस्टिक उपलब्ध गराएन । स्थानीय तहसँग माग्ने भन्यो । तर, पोखरा महानगरले पनि सहयोग गरेन,’ उनले भने, ‘कम्प्युटर र ल्यापटप छैन । काठमाडौंमा महानगरले १० वटा दियो, पोखराले एउटा पनि दिएन । हामीले व्यक्तिगत ल्यापटपबाट काम गरिरहेका छौं । जेनरेटर नहुँदा केही समय कामै रोकियो ।’

राजनीतिक दलहरू पनि एकै पटक मनोनयनमा आउँदा समस्या परेको उनले बताए । ‘धेरै गाह्रो भो । पार्टीहरूले कोअपरेट गरेनन् । ३ बजेपछि सबै हुल बाँधेर आइदिए,’ उनी भन्छन्, ‘सल्लाह गरेरै फरक दिन आउनु भन्नुपर्ने हो । तर, त्यसो हुन सकेन । रातभरि काम गर्दा पनि काम सकिएको छैन ।’

आयोगले तोकेको भन्दा बढी कर्मचारी राख्न नपाएका कारण पनि समस्या भइरहेको भट्टराई सुनाउँछन् । उमेदवारहरूबाट विवरण संकलन गरे पनि दस्तावेजीकरण अहिलेसम्म नसकिएको हो । निर्वाचन आयोगको असहयोग गरेका कारण मनोनयन प्रक्रियामा समस्या भएको कर्मचारीहरू बताउँछन् ।

पोखराको मेयरका लागि २५ र उपमेयरका लागि नौ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन् । अझै केही तथ्यांक बाँकी भएकाले बढ्न सक्ने बताईएको छ । आयोगले दुई दिन मनोनयनको समय तोके पनि सबैजसो दलहरू भोलिपल्ट अन्तिम समयमा मात्रै पुगेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ०६ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४