पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया « Khabarhub

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

‘आयोगले लजिस्टिक उपलब्ध गराएन । स्थानीय तहसँग माग्ने भन्यो । तर, पोखरा महानगरले पनि सहयोग गरेन,’ उनले भने, ‘कम्प्युटर र ल्यापटप छैन । काठमाडौंमा महानगरले १० वटा दियो, पोखराले एउटा पनि दिएन । हामीले व्यक्तिगत ल्यापटपबाट काम गरिरहेका छौं । जेनरेटर नहुँदा केही समय कामै रोकियो ।’

राजनीतिक दलहरू पनि एकै पटक मनोनयनमा आउँदा समस्या परेको उनले बताए । ‘धेरै गाह्रो भो । पार्टीहरूले कोअपरेट गरेनन् । ३ बजेपछि सबै हुल बाँधेर आइदिए,’ उनी भन्छन्, ‘सल्लाह गरेरै फरक दिन आउनु भन्नुपर्ने हो । तर, त्यसो हुन सकेन । रातभरि काम गर्दा पनि काम सकिएको छैन ।’

आयोगले तोकेको भन्दा बढी कर्मचारी राख्न नपाएका कारण पनि समस्या भइरहेको भट्टराई सुनाउँछन् । उमेदवारहरूबाट विवरण संकलन गरे पनि दस्तावेजीकरण अहिलेसम्म नसकिएको हो । निर्वाचन आयोगको असहयोग गरेका कारण मनोनयन प्रक्रियामा समस्या भएको कर्मचारीहरू बताउँछन् ।

पोखराको मेयरका लागि २५ र उपमेयरका लागि नौ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन् । अझै केही तथ्यांक बाँकी भएकाले बढ्न सक्ने बताईएको छ । आयोगले दुई दिन मनोनयनको समय तोके पनि सबैजसो दलहरू भोलिपल्ट अन्तिम समयमा मात्रै पुगेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ०६ बजे

चीनको युन्‍नानमा रेलले कामदरलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु

युन्नान- चीनको दक्षिण–पूर्वस्थित युन्नान राज्यमा मर्मतमा खटिएका कामदारलाई रेलले ठक्कर

कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामाथि प्रश्न

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टीभित्र देखिएको अनिश्चितता

ओलीको भाषण प्रसारण गर्ने अनलाइनलाई स्पष्टीकरण, काउन्सिलकै सदस्यले भने : झ्यालबाट निर्णय छिराउनु गलत

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भाषण प्रसारण

लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट 

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा