ह्युस्टन फिल्म फेस्टिभलमा महेशले जिते उत्कृष्ट अभिनेताको अवार्ड « Khabarhub

ह्युस्टन फिल्म फेस्टिभलमा महेशले जिते उत्कृष्ट अभिनेताको अवार्ड


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । 

अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धामा रहेका महेशले ‘हल्कारा’ फिल्म मार्फत दुवैलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । फिल्ममा उनी रामको क्यारेक्टरमा देखिएका छन् ।

 यसअगाडि नै विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ ले यसअघिनै फेस्टिभलमा दुईवटा अवार्ड जितेको थियो । ह्ययुस्टनमा चलेको फेस्टिभलमा फिल्मले प्लाटिनम रेमी अवार्ड र छायाँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड जितेको जानकारी निर्माण टिमले सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

अकस्मात् आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ ।

इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भएको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : १२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति