सांकेतिक तस्बिर

समाचार

आगलागी हुँदा १५ लाखको क्षति

By खबरहब

April 26, 2022

मलङ्गवा– मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । 

नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मङ्गलबार बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले  जानकारी दिए । 

बिद्युत् चुहावट हुँदा घरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । 

घरमा सुतिरहेको समयमा आगलागी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताए । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो ।  

स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट सरसमान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।