एलन मस्कले ट्विटर किने « Khabarhub

एलन मस्कले ट्विटर किने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै धनाढ्य एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने भएका छन् ।

ट्विटरको बोर्डले ४४ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । अब यस सहमतिलाई ट्विटरका शेयरधनीहरुले सदर गरेपछि अन्ततः ट्विटर मस्कको स्वामित्वमा आउने जनाइएको छ ।

दुई साताअघिमात्रै मस्कले ट्विटर खरिद गर्ने इच्छा प्रकट गरेका थिए । शुरुमा मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक नलिएपनि पछिल्लो पटक ट्विटरले उनको प्रस्तावमा सहमति जनाएको हो ।

‘वाक् स्वतन्त्रता सबल लोकतन्त्रको आधारशीला हो र ट्विटर शहरको डिजिटल चोकजस्तै हो, जहाँ मावन भविष्यका महत्वपूर्ण विषयमा बहस हुन्छ’ सम्झौतापछि मस्कले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘म नयाँ फिचर र खुला स्रोत अल्गोरिदमका साथ ट्विटरलाई अहिलेसम्मकै सबैभन्दा राम्रो बनाउन चाहन्छु ।’ विज्ञप्तिमा मस्कले लेखेका छन्, ‘ट्विटरमा विशाल सम्भावना छ ।’

फोर्ब्स म्यागेजिनका अनुसार २ खर्ब ७३ अर्ब डलरसहित मस्क विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ४४ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती