किम जोङ उन भन्छन्, ‘मुलुकको आणविक शक्तिलाई अझ विस्तार गरिनेछ’ | Khabarhub Khabarhub

किम जोङ उन भन्छन्, ‘मुलुकको आणविक शक्तिलाई अझ विस्तार गरिनेछ’


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेका छन् ।

सोमबार अबेर आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सर्वोच्च नेता किमले आफ्नो मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

‘हामी सबैभन्दा तीव्र गतिमा हाम्रो राष्ट्रको आणविक क्षमताको विकास गर्न तथा यसलाई बढाउनका लागि निरन्तर कदमहरु चाल्नेछौँ ।’ सर्वोच्च नेता किमलाई उद्धृत गर्दै उत्तर कोरियाली सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएको छ ।

उत्तर कोरियाली सेनाको स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय आणविक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र तथा अन्य हतियारहरु पनि प्रदर्शन गरिएको जनाइएको छ ।

परेडमा हालै परीक्षण गरिएको ह्वासोङ १७ नामक क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको बीबीसीले जनाएको छ । गत मार्च महिनामा उत्तर कोरियाले ह्वासोङ १७ को सफल परीक्षण गरेको दाबी गरेको थियो ।

यद्यपि दक्षिण कोरियाली सैन्य नेतृत्वले भने उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको सफलतामा प्रश्न उठाउने गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ३९ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै