किम जोङ उन भन्छन्, ‘मुलुकको आणविक शक्तिलाई अझ विस्तार गरिनेछ’ « Khabarhub

किम जोङ उन भन्छन्, ‘मुलुकको आणविक शक्तिलाई अझ विस्तार गरिनेछ’


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेका छन् ।

सोमबार अबेर आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सर्वोच्च नेता किमले आफ्नो मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

‘हामी सबैभन्दा तीव्र गतिमा हाम्रो राष्ट्रको आणविक क्षमताको विकास गर्न तथा यसलाई बढाउनका लागि निरन्तर कदमहरु चाल्नेछौँ ।’ सर्वोच्च नेता किमलाई उद्धृत गर्दै उत्तर कोरियाली सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएको छ ।

उत्तर कोरियाली सेनाको स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय आणविक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र तथा अन्य हतियारहरु पनि प्रदर्शन गरिएको जनाइएको छ ।

परेडमा हालै परीक्षण गरिएको ह्वासोङ १७ नामक क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको बीबीसीले जनाएको छ । गत मार्च महिनामा उत्तर कोरियाले ह्वासोङ १७ को सफल परीक्षण गरेको दाबी गरेको थियो ।

यद्यपि दक्षिण कोरियाली सैन्य नेतृत्वले भने उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको सफलतामा प्रश्न उठाउने गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ३९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर