काठमाडौं- दक्षिण कोरियामा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा रहेको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टाभित्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ ।
दक्षिण कोरियामा पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण रहेको पाइएको पनि समाचारमा जनाइएको छ ।
त्यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो ।
सोमबार मात्र यहाँ कोभिडका संक्रमित ८० हजार नाघेको बताइएको छ । तर पनि पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।
संक्रमितहमध्ये ६१३ जनाको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ । अहिलेसम्म कोभिडबाट दक्षिण कोरियामा २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।