रुसी पृथकतावादीको कब्जामा रहेको मोल्दोभाको ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट « Khabarhub

रुसी पृथकतावादीको कब्जामा रहेको मोल्दोभाको ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको छिमेकी मुलुक मोल्दोभाको रुसी पृथकतावादीले शासन चलाइरहेको क्षेत्रमा बम विष्फोट भएको छ । मोल्दोभाको ड्निस्टर नदीपारि रुसी पृथकतावादीद्वारा सञ्चालित ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट भएको हो ।

ट्रान्सनिस्ट्रयाको टिरास्पोल शहरमा बम आक्रमण भएको त्यहाँको पृथकतावादी सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत ट्रान्सनिस्ट्रियाको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विष्फोटबाट केही भवनमा क्षति पुगेको जनाइएको छ ।

यद्यपि विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । ट्यांकभेदी ग्रिनेडबाट आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय टिभिएस टेलिभिजनले बम विष्फोट भएको क्षेत्रमा वेवारिसे ग्रिनेड लन्चर फेला परेको जनाएको छ ।

आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन । यता पृथकतावादी क्षेत्रमा विष्फोट भएपछि मोल्दोभाको राष्ट्रपति माइया सन्दुले मुलुकको शीर्ष सुरक्षा परिषद्को बैठक डाकेका छन् ।

करिब ५ लाख जनसंख्या रहेको ट्रान्सनिस्ट्रयामा सन् १९९२ मा मोल्दोभाविरुद्ध भएको युद्ध यता रुस समर्थित पृथकतावादीहरुले शासन चलाइरहेका छन् । यद्यपि यस पृथकतावदी क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता भने अत्यन्त सीमित रहेको बताइन्छ ।

युक्रेन र मोल्दोभाको सीमामा पर्ने यस क्षेत्रमा रुसले ‘शान्ति स्थापना’ का लागि भन्दै १५ सय सैनिक परिचालन समेत गरेको छ ।

यसअघि रुसका एकजना वरिष्ठ सैनिक कमाण्डरले रुसले युक्रेनको दक्षिणी भूभाग कब्जा गरेको खण्डमा ट्रान्सनिस्ट्रया भौगोलिक रुपमा रुसमा जोडिने बताएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : २३ बजे

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको