एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी « Khabarhub

एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो ।

विज्ञप्तिमा युक्रेनका ८७ सैनिक निशानामा आक्रमण गरिएको समेत जनाइएको छ । रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनको विभिन्न स्थानका ८७ सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको जनाएको हो ।

पूर्वी युक्रेनको खारकिभ शहरमा रहेका दुई हतियार भण्डारणमा पनि आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । यसबारे युक्रेनी पक्षबाट कुनै टिप्पणी नआइसकेको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ४४ बजे

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु