सहमति विपरीत दिइएका उम्मेद्‍वारी फिर्ताका लागि प्रयास जारी छ : गुरुङ « Khabarhub

सहमति विपरीत दिइएका उम्मेद्‍वारी फिर्ताका लागि प्रयास जारी छ : गुरुङ


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमति विपरीत भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा भएको साक्षात्कारमा नेता गुरुङले धेरैजसो पालिकामा गठबन्धनभित्रकै सहमतिका आधारमा उम्मेद्वारी दर्ता भएको भन्दै सहमति विपरीत भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका हुन् ।

उनले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक फरक रूपमा भएका मनोनयन फिर्ता हुने दाबी गरेका छन् ।

गुरुङले वडा तहमा सहमति हुन नसके पनि प्रतिगमनको प्रवृतिलाई हाबी हुन नदिने गरी संविधान विरोधी पक्षलाई दुरुत्साहित गर्ने कोसिस हुने पनि बताए ।

त्यस्तै गुरुङले वित्तीय एकाधिकार दलाल पुँजीवादका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको तर्क गरे ।

परनिर्भरतामा मुलुक गइरहेको र स्वदेशी वस्तुको उत्पादनमा ध्यान नपुग्दा अहिलेको अवस्था आएको उनकाे भनाइ छ ।

परनिर्भरता न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउन राज्यको भूमिका हुनुपर्नेमा यसअघिको सरकारको त्यसतर्फ ध्यान जान नसकेको उनकाे आरोप थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ५४ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा