सौगातसँग हिमाली कुरा | Khabarhub Khabarhub

सौगातसँग हिमाली कुरा


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्लले आफूलाई हिमाल मन पर्ने बताएका छन् । तराईमा जन्मिएको भएता पनि पहिलोपटक फिल्म ’कागबेनी’ छायांकनको  लागि हिमाल पुगेका सौगातले त्यसयता आफूलाई हिमालले तानेको बताए । ’म फुर्सद हुँदा पनि हिमालमा घुमघाम गर्न रुचाउँछु । हिमाल र त्यहाँको सुन्दरतामा छुटै आनन्द छ’ सौगातले भने । उनी अभिनीत रिलिजको क्रममा रहेको फिल्म ’मन्त्र’ आउँदो १६ गते रिलिज हुँदैछ । फिल्ममा उनले हिमाली भेगको एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

आफूले अभिनय गर्ने फिल्म भित्र आफ्नो चरित्रका लागि निकै मेहनत गर्ने कलाकारमा पर्छन् सौगात । अभिनयका माध्यमबाट आफूले निभाएको जुन सुकै पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । पोष्ट प्रोडक्सनको क्रममा आफूले २ पटक फिल्म हेरिसकेको उनले जनाएका छन् । उनी आफूले फिल्म उत्कृष्ट बनेको पाएकोले नै दर्शकलाई पनि सोही कन्फिडेण्टका साथ फिल्म ‘मन्त्र’ हेर्न आग्रह गरिरहेका छन् ।

हिमाली भेगको कथा फिल्मले भनेको छ । फिल्मलाई हिमाली प्रेमकथा पनि भनिएको छ । सौगात गोठालोको भूमिकामा छन् । त्यसो त सौगातका लागि मन पर्ने मौसम पनि चिसो हो । ‘मन्त्र’ लाई आफूले अहिले गरिरहेका भन्दा भिन्न कथाको फिल्म भनेका छन् सौगातले । यसमा हिमाली स्वाद पनि पाइने उनको जिकिर रहेको छ । सौगातले छायाँकनको केही दिन अघि नै मनास्लु आसपास पुगेर त्यहाँको रहनसहन पनि अब्जर्व गरेका थिए ।

आफूले गरेको पछिल्लो समयका सबै फिल्म भन्दा ‘मन्त्र’ ले आफ्नो मन छोएको उनले बताए। सामा गाउँको रहनसहन, लवज र संस्कारसहितको कथामाथि काम गर्न झनै कठिन भएको उनको अनुभव छ। विशेष गरेर प्रेम प्रसङ्गमा छोपेर बिहे गर्ने परम्परागत विषयलाई पनि फिल्म प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

हिमाली प्रेम कथामा आधारित भनिएको फिल्म ’मन्त्र’ मा उनले मनास्लुको काखमा रागेको गाउँमा झन्डै २५ दिन बिताएका थिए । ’त्यहाँको कल्चर पनि बुझियो । घोडा कुदाइयो । निकै रमाइलो भयो’ सौगातले भने । सौगात झैँ फिल्मका अर्का पात्र बुद्धि तामाङले पनि हिमाली सुन्दरताले आँखालाई शीतलता दिने बताए । ’फिल्मको कथाले मन छुन्छ र आँखालाई दृश्यले शीतलता दिन्छ’ बुद्धिले भने । फिल्ममा सौगात र बुद्धिसँगै दीया पुनको मुख्य भूमिका रहेको छ । कथा यी तिनकै वरपर घुमेको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि. को ब्यानरमा निर्मित फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्म २०७९ साल बैशाख १६ गते बाट प्रदर्शनमा आउनेछ। फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

यसमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मलाई मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ४७ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने