सौगातसँग हिमाली कुरा « Khabarhub

सौगातसँग हिमाली कुरा


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्लले आफूलाई हिमाल मन पर्ने बताएका छन् । तराईमा जन्मिएको भएता पनि पहिलोपटक फिल्म ’कागबेनी’ छायांकनको  लागि हिमाल पुगेका सौगातले त्यसयता आफूलाई हिमालले तानेको बताए । ’म फुर्सद हुँदा पनि हिमालमा घुमघाम गर्न रुचाउँछु । हिमाल र त्यहाँको सुन्दरतामा छुटै आनन्द छ’ सौगातले भने । उनी अभिनीत रिलिजको क्रममा रहेको फिल्म ’मन्त्र’ आउँदो १६ गते रिलिज हुँदैछ । फिल्ममा उनले हिमाली भेगको एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

आफूले अभिनय गर्ने फिल्म भित्र आफ्नो चरित्रका लागि निकै मेहनत गर्ने कलाकारमा पर्छन् सौगात । अभिनयका माध्यमबाट आफूले निभाएको जुन सुकै पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । पोष्ट प्रोडक्सनको क्रममा आफूले २ पटक फिल्म हेरिसकेको उनले जनाएका छन् । उनी आफूले फिल्म उत्कृष्ट बनेको पाएकोले नै दर्शकलाई पनि सोही कन्फिडेण्टका साथ फिल्म ‘मन्त्र’ हेर्न आग्रह गरिरहेका छन् ।

हिमाली भेगको कथा फिल्मले भनेको छ । फिल्मलाई हिमाली प्रेमकथा पनि भनिएको छ । सौगात गोठालोको भूमिकामा छन् । त्यसो त सौगातका लागि मन पर्ने मौसम पनि चिसो हो । ‘मन्त्र’ लाई आफूले अहिले गरिरहेका भन्दा भिन्न कथाको फिल्म भनेका छन् सौगातले । यसमा हिमाली स्वाद पनि पाइने उनको जिकिर रहेको छ । सौगातले छायाँकनको केही दिन अघि नै मनास्लु आसपास पुगेर त्यहाँको रहनसहन पनि अब्जर्व गरेका थिए ।

आफूले गरेको पछिल्लो समयका सबै फिल्म भन्दा ‘मन्त्र’ ले आफ्नो मन छोएको उनले बताए। सामा गाउँको रहनसहन, लवज र संस्कारसहितको कथामाथि काम गर्न झनै कठिन भएको उनको अनुभव छ। विशेष गरेर प्रेम प्रसङ्गमा छोपेर बिहे गर्ने परम्परागत विषयलाई पनि फिल्म प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

हिमाली प्रेम कथामा आधारित भनिएको फिल्म ’मन्त्र’ मा उनले मनास्लुको काखमा रागेको गाउँमा झन्डै २५ दिन बिताएका थिए । ’त्यहाँको कल्चर पनि बुझियो । घोडा कुदाइयो । निकै रमाइलो भयो’ सौगातले भने । सौगात झैँ फिल्मका अर्का पात्र बुद्धि तामाङले पनि हिमाली सुन्दरताले आँखालाई शीतलता दिने बताए । ’फिल्मको कथाले मन छुन्छ र आँखालाई दृश्यले शीतलता दिन्छ’ बुद्धिले भने । फिल्ममा सौगात र बुद्धिसँगै दीया पुनको मुख्य भूमिका रहेको छ । कथा यी तिनकै वरपर घुमेको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि. को ब्यानरमा निर्मित फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्म २०७९ साल बैशाख १६ गते बाट प्रदर्शनमा आउनेछ। फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

यसमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मलाई मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ४७ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र