काठमाडौँ– वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताको अधिकांश स्थानबाट आएका विवरण सूचना प्रणालीमा समावेश भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
तर, केही स्थानबाट विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ ।
मधेश प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशका दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेको आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) ले जनाएको छ ।
बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगडीमाई, लहान र कर्जन्हा, दाङको लमही नगरपालिका, सुर्खेतको वीेरेन्द्रनगर नगरपालिका र कालीकोटको पलाता गाउँपालिकाको विवरण प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया