‘इन्डियन पुलिस फोर्स’ मा जोडीए विवेक « Khabarhub

‘इन्डियन पुलिस फोर्स’ मा जोडीए विवेक


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडझै बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीका साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् ।

 ‘सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बासूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् ।

अब उनले हलिउड शैलीमा कप युनिभर्सलाई सानो पर्दामा समेत जोड्नेछन् । अमेजन प्राइम भिडियोसँगको सहकार्यमा रोहित शेट्टी पिक्चर्जले  ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिज तयार गरिरहेका छन् । ठुलो पर्दामा देख्दै आइरहेको एक्सनलाई सिरिजमा ल्याउन लागेका रोहितले यसमा सिद्धार्थ मलहोत्रा र शिल्पा शेट्टीसंगै विवेक ओबरायलाई समेत कास्ट गरेका छन् । 

विवेकले पनि फिल्ममा अफिसरकै भूमिका निर्वाह गर्नेछन् । उनले आफू सिरिजसँग जोडिन पाउँदा निकै उत्साहित रहेको बताएका छन् । ‘ मलाई प्राप्त रोलको लागि विश्वास गर्नु भएकोमा आभारी छु । सुपरकपको रुपमा कप युनिभर्समा जोडिएको छु’ विवेकले सामाजिक सञ्जाल मार्फत खुशी व्यक्त गरेका छन् । सिरिजलाई दर्शकको राम्रो साथ पाएमा रोहितले यसलाई ठुलो पर्दामा समेत इन्ट्री गराउनेछन् ।

पछिल्लो समय मार्भल स्टुडियोले आफ्नो नयाँ सुपर हिरोहरुलाई सिरिजको माध्यमले दर्शकसम्म ल्याइरहेको छ। वान्डा एण्ड भिजन, फाल्कन एण्ड विन्टर सोल्जर, लोकीको कथालाई दर्शकसम्म पुर्‍याएको मार्भलले अहिले  ‘मुननाइट’ मार्फत नयाँ सुपरहिरोलाई दर्शकसम्म ल्याईरहेको छ । 

यही शैलीमा रोहितले पनि कप युनिभर्सलाई सिरिजमा ल्याएका छन् । सिद्धार्थ अभिनीत पछिल्लो फिल्म शेरशाह हिट भएपछि उनलाई पुलिसको भूमिका अफर भइरहेका छन् । प्रहरीको लुकेको वीरताको कथालाई रोहितले सिरिज मार्फत प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : २२ बजे

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास

एजेन्सी– सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर