चीनमा ५ वर्षको जेल सजाय पाएर ताइवानी अभियन्ता स्वदेश फर्के | Khabarhub Khabarhub

चीनमा ५ वर्षको जेल सजाय पाएर ताइवानी अभियन्ता स्वदेश फर्के


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा जेल परेका एकजना ताइवानी अभियन्ता स्वदेश फर्केका छन् । सन् २०१७ मा ५ वर्षको कारावासको सजाय पाएका ताइवानी अभियन्ता ली मिङ चे सजाय कटाएर स्वदेश फर्केका हुन् ।

उनलाई सन् २०१७ मा राज्य शक्तिलाई कमजोर तुल्याउने प्रयास गरेको आरोपमा कारावासको सजाय सुनाइएको थियो ।

सन् २०१६ मा विदेशी एवम् गैर सरकारी संस्थाहरुलाई नियन्त्रण गर्नका लागि चीनले जारी गरेको कानूनअनुसार पक्राउ पर्ने गैर नाफामूलक संस्थाका उनी प्रथम व्यक्ति रहेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

उनले चीनमा ताइवानको लोकतान्त्रीकरणबारे अनलाइनमा वक्तव्यहरु दिँदै आएका थिए । पछिल्लो ५ वर्ष उनलाई मध्य चीनको हुनान प्रान्तको कारागारमा राखिएको जनाइएको छ ।

उनी दक्षिणी शहर सियामेनबाट ताइवानका लागि प्रस्थान गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै मुलुकका एक हिस्सा मान्दै आएको छ भने ताइवानी नागरिकलाई पनि चिनियाँ नागरिकसरह विशेष परिचय पत्र दिने गरेको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’