आफ्नो मुद्रा रूबलको अवस्था बलियो रहेको रुसको निष्कर्ष « Khabarhub

आफ्नो मुद्रा रूबलको अवस्था बलियो रहेको रुसको निष्कर्ष


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- पुँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको रुसी प्रशासन क्रेमलिनले बुधबार जनाएको छ । केन्द्रीय बैंकले आफ्नो मुद्रा दरको स्तरबारे छलफल गर्न बिहीबारका लागि आकस्मिक बैठक आयोजना गर्ने जनाएको छ ।

क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको भेटमा भने, ‘रूबललाई निरन्तर सुदृढ राख्न सक्नु निःसन्देह पनि यसमा विशेष ध्यान दिनुको कारण हो ।’ विश्वका आर्थिक छलफल तथा सभाहरूमा रूबलको निरन्तर बलियो अवस्थाबारे चर्चा हुने गरेको उनको दाबी छ ।

रूसी सरकारका लागि रूबलको बलियो अवस्था हुँदा यसले राजस्व सङ्कलनमा असर गर्न सक्ने भन्दै निरन्तर रूबल बलियो रहेमा ध्यान दिनुपर्ने र यसलाई अहिलेकै स्वरूपमा राख्नुपर्ने उनको भनाइ छ ।

फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गर्दा पश्चिमा मुलुकले कमजोर प्रतिबन्ध लगाएर रूसलाई प्रतिक्रिया दिएको भन्दै रूसी वित्तीय अधिकारीहरूले कमजोर अर्थव्यवस्थालाई सन्तुलनमा राख्न पुँजी नियन्त्रणसम्बन्धी कडा नियम लागू गरेको र यसले रूसलाई आर्थिक रूपमा सबल राख्न सहयोग पुगेको उनको भनाइ छ ।

त्यस बेलादेखि रूबलमा अमेरिकी डलरभन्दा लगभग ३० प्रतिशतले उछाल आएको रूसी दाबी छ । बुधबार युरोसँग रूबलको मूल्य ५७.६ पुगेको जनाइएको छ ।

यो स्तर सन् २०१५ देखि देखिएको थिएन भने डलरतर्फ रुबलको मूल्य ५६ पुगेको छ । यो सन् २०१८ फेब्रुअरीदेखि सबैभन्दा बलियो भएको छ ।

कडा पूँजी नियन्त्रण, रूसी मुद्राले इन्धन मूल्यबाट उच्च लाभ उठाएको रूसले दाबी गरेको छ । तर, पछिल्लो समय सरकारले पुँजी नियन्त्रणलाई खुकुलो पार्न कदम चालेको छ ।

रूसको वित्त मन्त्रालयले घरेलु निर्यात कम्पनीहरूले आफ्नो आयको ५० प्रतिशत विदेशी मुद्रामा बेच्नुपर्ने घोषणा गरेको थियो, यो पहिलेभन्दा ८० प्रतिशतको न्यूनता थियो ।   

अमेरिकाले रुसलाई डलरमा भुक्तानी गर्न अनुमति दिने छूट समाप्त गरेपछि रूसले बुधबार रूबलबाट नै आफ्नो विदेशी ऋण तिर्न थाल्ने बताएको छ । 

रुसी वित्त मन्त्रालयले टेलिग्राममार्फत् भनेको छ, ‘यो लाइसेन्स विस्तार गर्न अस्वीकार गर्दा अमेरिकी डलरमा सरकारी विदेशी ऋण सेवा जारी राख्न असम्भव भएको कुरा उल्लेख गर्दै भुक्तानीलाई रूसी मुद्रामा गरिनेछ ।’

यसैबीच रूसले दक्षिणी यूक्रेनी क्षेत्र, जापोरिजिया र खेर्सनका बासिन्दाहरूले ‘सरलीकृत’ प्रक्रियाद्वारा रूसी पासपोर्ट प्राप्त गर्न सक्ने बुधबार प्रकाशित एक निर्देशनमा उल्लेख गरिएको छ । 

खेर्सनको दक्षिणी क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको छ भने जापोरिजियाको दक्षिणपूर्वी क्षेत्र रुसी फौजले आंशिक नियन्त्रणमा लिएको छ जनाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ०३ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका