दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु « Khabarhub

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र अन्य ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दिएको जानकारी अनुसार सुर्खेत पठाइएका पाँच जनाको अवस्था भने गम्भीर रहेको छ ।

बसमा कति सवार थिए भन्ने एकिन तथ्याङ्क छैन । यद्यपि बस दुर्घटनाको कारण खुलिसकेको छैन ।

दुर्घटनामा घाइते भएकालाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस ५० मिटर तल खसेको हो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : २६ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको