बास्केटबल प्रतियोगिता काठमाडौँमा शुक्रबारदेखि « Khabarhub

बास्केटबल प्रतियोगिता काठमाडौँमा शुक्रबारदेखि


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् ।

प्रतियोगिताको विजेताले रु १५ हजार तथा उपविजेताले रु आठ हजार पुरस्कार पाउने छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल बानेश्वरस्थित पाठशालाकै कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : ५६ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।