स्रोत नखुलेको ९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ « Khabarhub

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ११ : ५३ बजे

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल