छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दैलेख, अछाम, बर्दिया र बारामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

दैलेखको आठबिस नगरपालिका–२ सिस्नेस्थित सडकमा नेपालगन्जतर्फ जाँदै गरेको म.१ ख ६६० नम्बरको बस बुधबार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुल्लु नगरपालिका–९ बस्ने ३२ वर्षीय प्रेम सुनार समेत ३ जनाको घटनास्थलमै र १ जनाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका बसमा सवार २० जनालाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ टोट्केसालमा भे.१ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा बुधबार ट्रयाक्टरमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोही नगरपालिका–१ बस्ने ४२ वर्षीय अम्मर नाथ धमला र ३२ वर्षीय तारा धमलाको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बर्दियाको मधुवन नगरपालिका–४ मख्खन चोकमा लु.६२ प ४७३९ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा चालक बासँगढी नगरपालिका–२ मदाहा बस्ने २५ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको निजगढ नगरपालिका–९ गौरीशंकर क्याम्पसस्थित भित्री सडकमा बा.प्र–०३–००१ च ११४६ नम्बरको पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम आचार्य रहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ०१ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति