‘चुनावमा सत्ताले पञ्चायतभन्दा बढी अत्याचार गर्‍यो’ « Khabarhub

‘चुनावमा सत्ताले पञ्चायतभन्दा बढी अत्याचार गर्‍यो’


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन-२०७९ मा सत्ता गठबन्धनले पञ्चायतले भन्दा बढी अत्याचार गरेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा सत्तापक्षले मतदातालाई आक्रान्त बनाएले आरोप लगाए । साथै उनले निर्वाचनमा राज्यसंयन्त्रको चरम दुरुपयोग भएको पनि बताए ।

चुनाव स्वच्छ हुन नसकेको भन्दै ओलीले ओलीले भने, ‘राज्यसंयन्त्रको यो तहको दुरुपयोग पञ्चायतकालमा पनि भएको थिएन, यस्तो नांगो ढंगले सत्ता कब्जै गर्ने खालको काम पञ्चायतमा पनि भएको थिएन।’

‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन, सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ । उम्मेदवारको घरमा बम पड्काइएको छ। एउटा ठाउँमा पनि प्रतिपक्षका कारण स्थगित भएको होइन,’भनेका छन् ।

ओलीले सबै ठाउँमा प्रतिपक्षका विरुद्ध प्रहार भएको दाबी पनि गरे । प्रतिपक्षलाई सिध्याउने घोषित नीति नै लिएर निर्वाचन गरिएको उनको भनाइ थियो। गठबन्धनको घोषित नीति एमालेलाई धूलो चटाइदिने र पत्तासाफ गरिदिने रहेको पनि उनले सम्झिए ।

१४ दिनसम्म पनि परिणाम आउन नसक्नुप्रति ओलीको आपत्ति छ । सरकारले शान्तिपूर्ण भएको भनिएको चुनावको वैशाख १४ दिनपछि परिणाम किन आइरहेको छैन ? उनको प्रश्न थियो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ५८ बजे

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’