वाइडबडी र सुनकाण्डको छानबिन गर्न सरकारलाई ओलीको चुनौती « Khabarhub

वाइडबडी र सुनकाण्डको छानबिन गर्न सरकारलाई ओलीको चुनौती


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् ।

आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जवाफ दिँदै ओलीले भने, ‘मेरो र मेरो श्रीमतीको चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु ।’ आफूले रिजर्भ बैंकमा पैसा नराखेको बताएका ओलीले भने, ‘एक विद्वानले मैले रिजर्भ बैंकमा पैसा राखेको भन्नुभयो । रिजर्भ बैंकले पनि सुनोस्, त्यो पैसा उनै आरोप लगाउने विद्वानको नाममा गरिदिए हुन्छ ।’

आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउनेलाई आफ्नो चलअचल सम्पत्ति राज्यको नाममा गर्न ओलीले चुनौती दिए । ‘ममाथि औला ठड्याउनुभन्दा अगाडि कुनै मानुभाव निस्कनुस् न राज्यमा नाममा सम्पत्ति हस्तान्तरण गर्ने । केपी ओलीलाई मुखभरिको जवाफ दिन भने पनि सम्पत्ति राज्यको नाममा गरेको यही संसदबाट घोषणा गर्नुस् त । म सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू मलाई घुमाइफिराइ छेड हान्नुहुन्छ । म भन्न चाहन्छु- गर्नुस् न तपाईहरु पनि राष्ट्रको नाममा, ट्रष्टको नाममा आफ्नो सम्पत्ति हस्तान्तरण । मेरो कतै पनि भएको चलअचल सम्पत्तिमा लोभ गर्नुपर्ने, अर्काेको नाममा राखेर बदनामी हुनुपर्ने कारण छैन । मैले सबै सम्पत्ति राज्यलाई दिएको छु ।’

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १ : १५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको