मनोरञ्जन

‘जस्टिस वर्ल्ड टुर’ दिल्लीमा हुँदै

By खबरहब

May 26, 2022

काठमाडौँ– क्यानडेली पपस्टार जस्टिन बिबरले ‘जस्टिस वर्ल्ड टुर’ अन्तर्गत आउँदो १८ अक्टोबरमा भारतको राजधानी दिल्लीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । नयाँदिल्लीको जवाहरलाल स्टेडियम गायक बिबरले लाइभ प्रस्तुति दिनेछन् ।

जुन २ देखि टिकट बिक्री हुने तयारी छ । सन् २०२२ को १८ फेब्रुअरीमा क्यालिफोर्नियाको सानडियागोबाट सुरु भएको जस्टिस वर्ल्ड टुर ३० भन्दा बढी मुलुकमा आयोजना हुन् लागेको हो । भारतमा उनको यो दोस्रो कन्सर्ट हुनेछ ।  सन् २०१७ मा बिबरको ‘पर्पस वर्ल्ड टुर’ भनिएको पहिलो कन्सर्टमा ४० हजारभन्दा बढी दर्शक सहभागी थिए ।

यसपटक जवाहरलाल नेहरु रङ्गशालामा एक लाखभन्दा बढी दर्शक आउने अनुमान गरिएको छ । भारतमा बिबरको फ्यान फलोइङ राम्रो छ ।