बर्दिबासका नगरप्रमुखले गरे आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय « Khabarhub

बर्दिबासका नगरप्रमुखले गरे आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रह्लाद क्षेत्रीले कार्यभार ग्रहण गर्दै गर्भवती महिला र नगरभित्रका विपन्न नागरिकहरूको लागी विशेष स्वास्थ्य उपचारको प्याकेज घोषणा गरेका छन् ।

गर्भवती महिलाहरूलाई निःशुल्क उपचार गर्नेदेखि विपन्न नागरिकहरूलाई निःशुल्क स्वास्थ्य बिमा गरिने नगरप्रमुख क्षेत्रीले आज पदभार ग्रहण गर्दै घोषणा गरेका हुन् । हिमाल, पहाड र तराइका गर्भवती महिलाहरूलाई स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरकारले प्रदान गर्दै आएको यातायात खर्च बापतको क्रमशः १ हजार, २ हजार र ३ हजारमा यदि बर्दिबासका नागरिक भए १ हजार समेत थप्ने निर्णय गरिएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले जानकारी दिए ।

नवनिर्वाचित नगरप्रमुख क्षेत्रीले नगरबाट पाउने सबै प्रकारका सुविधा नलिने पनि घोषणा गरेका छन् । नगरबाट उपलब्ध भएको गाडीलाई एम्बुलेन्स बनाउने बताउँदै नगरप्रमुख क्षेत्रीले सधैँभरि नगरको समस्याबाट नजिक रहने पनि बताए । बर्दिबासमा सबैभन्दा ठूलो समस्याकोरुपमा रहेको नदीजन्य वस्तुको उत्खननमा पनि तत्काल ध्यान दिने बताएका छन् । प्राविधिक तथा अनुगमन समिति बनाई नगरभित्रका क्रसर उद्योगलाई समेत व्यवस्थित बनाउनेमा नगरप्रमुख क्षेत्रीले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ६ : ५२ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज