प्रधानमन्त्रीलाई ओलीको प्रश्न – नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ कि छैन ? « Khabarhub

 प्रधानमन्त्रीलाई ओलीको प्रश्न – नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ कि छैन ?


१२ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ या छैन भनेर  प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आज सरकारले एक चीन नीतिप्रति प्रश्न उठाउने अवस्था बनाएको बताएका हुन् ।

गठबन्धन जोगाउने नाममा म्यादी सरकारले परराष्ट्र नीतिमा पक्षधरता लिएको आरोप पनि लगाएका छन्  । कुनै विदेशी सहायक विदेशमन्त्री आउँदा स्कटिङ दिएर गुम्बा घुमाएर छिमेकी देशको संवेदनशीलतामाथि धावा बोलेको ओलीको जिकिर छ । 

परराष्ट्र नीतिमा सरकार चुकेको आरोप लगाएका उनले सन्धि सम्झौता गर्दा प्रमुख प्रतिपक्षी दललाई जानकारीसमेत सरकारले नदिएको आरोप लगाए । आफ्नै देशमा आफू जाँदा अनुमति लिएको बताउँदै उनले विदेशमन्त्रीले अनुमति लिनुपर्दैन भन्दै प्रश्न गरे ।

‘मैले आफ्नै देशभित्र पनि इजाजत लिएर, प्रशासनसँग इजाजत लिएर म हुम्लाको दुर्गम ठाउँमा गएँ,’ उनले भने, ‘अनि विदेशमन्त्री आएर अनुमति लिनुपर्छ कि पर्दैन रु इजाजत लिनुपर्छ भने कसरी लिनुभयो रु कसको पक्षमा इजाजत दिनुभयो ? छिमेक सम्बन्धको संवेदनशीलता बुझ्नु भएको छ कि छैन ?’

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा आज सहभागी हुँदै ओलीले सरकारले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका हुन् । ओलीले भने ‘हाम्रो परराष्ट्र नीतिलाई असन्तुलित, आवेगपूर्ण र गठबन्धनको सत्ता स्वार्थमा संकुचित बनाएको छ,’ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : ५१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ