इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह | Khabarhub Khabarhub

इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् । 

‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । एउटा प्रधानमन्त्रीले पहिला प्रतिवेदन बुझ्नु पर्‍यो नि । संयुक्त रूपमा बनाएको इपीजी समूहको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्यूले बुझ्नुस् । त्यसमा के छ सदनलाई जानकारी गराउनुस् । दुवैतर्फको (नेपाल-भारत) संयुक्त प्रतिवेदन हो त्यो, सहमतिको प्रतिवेदन हो, मतभेद छैन ।’ 

नेपाल र भारत सरकारले संयुक्त रूपमा नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीले आग्रह गरेका हुन् । उक्त प्रतिवेदन दुवै देशका सरकारले हालसम्म बुझेका छैनन् । 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १ : ५६ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि