बालेनको उदयले राजनीतिक दललाई दिएको ‘थ्रेट’ « Khabarhub

बालेनको उदयले राजनीतिक दललाई दिएको ‘थ्रेट’



काठमाडौँ– बालेनको नामले परिचित बालेन्द्र शाहको परिचयमा  ‘काठमाडौँ महानगरपालिकाको मेयर’ थपिदैछ । स्ट्रक्चरल इन्जिनियर र र्‍यापरका रुपमा पहिचान बनाएका बालेनलाई महानगरवासीले आउँदो पाँच वर्षको लागि ‘टेस्ट’ गर्दैछन् ।

काठमाडौँ जस्तो ठुलो महानगरपालिकामा बालेनले पाएको मत अहिले चर्चाको विषय बनेको छ । उनले काठमाडौँमा बलियो पकड भएको नेकपा एमालेका उम्मेदवार र सत्ता गठबन्धनका साथ काठमाडौँको मेयर पदमा उठेको नेपाली कांग्रेसकी उम्मेदवारलाई भारी मत अन्तरले पछाडि पारेका छन्।

यसैले गर्दा पनि उनको चर्चा हुनु स्वाभाविक हो । बिना संगठन आफ्नो विचार प्रस्तुत गर्दै महानगरवासीको मन जितेका बालेन आफ्नो उम्मेदवारी केही समय अगाडि नै दिएका थिए । यद्यपि उनको घोषणालाई स्थानीय निर्वाचन हुने टुङ्गो लागेपछि मात्र गम्भीरतापूर्वक लिइयो । राजनीतिक दलले आफ्नो संगठन छ भनेर मनलाग्दी उम्मेदवार बनाउँदाको परिणामनै हो बालेनको उदय । 

उनले आफ्नो कुरालाई महानगरवासी समक्ष पुर्‍याए । विदेशमा देखिने सामान्य भइसकेको विकासलाई यहाँ गर्न सकिन्छ भनेर भनेनन् मात्र तरिका पनि सुनाए । फलतः काठमाडौँ महानगरवासीले उनलाई मत दिए । बालेनले मत ल्याउने विश्वास धेरैलाई थिएन । यहा एमाले र सत्ता गठबन्धनको लडाइ हुने धेरैको अनुमान थियो । यद्यपि बालेनले उनीहरूको लडाइ पहिलो नभई दोस्रो हुनलाई रहेको प्रमाणित गरे । बालेनलाई हल्काफूलका रुपमा हेरिरहेका दल उनको मतलाई हेरेर आश्चर्य छन् । किनकी उनले झिनो मतान्तरले नभई फराकिलो मतन्तरतका साथ निर्वाचित  हुँदैछन् । यो मत परिणामले काठमाडौँ महानगरवासीको इच्छालाई दल समक्ष राखेको मात्र छैन । आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा बालेन जस्ता धेरै उदाउँदै छन् । 

बालेनको उदयले अगाडि आउँन नसकेकालाई हिम्मत मात्र दिएको छैन, परिणाम पनि देखाएको छ । आउँदो निर्वाचनमा बालेन झैँ केही स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रमा उम्मेदवारी दिने तयारी गर्दैछन् । यसै वर्ष हुने निर्वाचनमा बालेनकै समुहबाट अन्यले आँट गरेर उम्मेदवारी दिने तयारी समेत गर्दैछन् । ‘बालेनले पाएको सफलताले टिमलाई हौसला मिलेको छ । राजनीति दल देखि दिक्क भएका जनताले अब विकल्प पाउने छन् । काठमाडौँकै केही क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको छ’ बालेनको टिममा रहेका एक सदस्यले बताए । 

उनले स्वतन्त्र शक्तिहरु अब विस्तारै जोडिने विश्वास समेत व्यक्त गरेका छन् । ‘यो आँट र परिणामले हामीलाई उत्साहित बनाएको छ । आफ्नो गाउँ, नगर र क्षेत्र विकास गर्ने खाका लिएर मतदाता कहाँ पुग्न सकेमा उनीहरूले निराश बनाउदैनन् भन्ने प्रमाणित भइसकेको छु ती सदस्यले भने । बालेनको जित घोषणा हुन् मात्र बाँकी रहँदा उनले दिलाएको महानगरवासीलाई दिलाएको विश्वास, पाएको मत, चुनावी प्रचार शैली, कम खर्च लगायतले धेरैलाई प्रभावित बनाएको छ । 

ती सदस्यका अनुसार केही पाँच वर्षपछि आउने निर्वाचनको तयारीमा समेत लाग्ने बाटोमा छन् । बालेन मात्र होइन धरान उपमहनागपालिकामा निर्वाचित भएका हर्क राज राई पनि धेरैको प्रेरणाको स्रोत बनेका छन् । तडक भड्क विना आफ्नो विचारलाई मतदातासम्म पुर्‍याएका उनी आफैमा उदाहरण हुन् । उनी निर्वाचित भएपछि अहिले चर्चाको विषय बनेका छन् । 

यसले गर्दा मतदाताले विकल्प त पाएका छन् । मतदाताले विकल्प पाउँदा राजनीतिक दलहरूको चिन्ता थपिएको छ । चुनावी समयमा उम्मेदवार बनाउन गरिने विभिन्न चलखेलसँगै संगठनको हैकम घटेको छ । संगठनको नाममा जो सुकैलाई पनि उम्मेदवारी दिएर निर्वाचित गराउन सक्ने परिपाटी खस्कदो छ । राजनीतिक दलले पनि विकास निर्माणको काममा प्रत्यक्ष जोडिएका र आफ्नो कार्ययोजनालाई मतदाता कहाँ प्रस्ट्याउन सक्ने उम्मेदवार अगाडि नसारेमा धेरै बालेन र हर्क उदाउने छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : २३ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।