भीम रावलको प्रश्न- सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति परित्याग गरेको हो ? « Khabarhub

भीम रावलको प्रश्न- सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति परित्याग गरेको हो ?


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले सत्तारुढ गठबन्धन आवद्ध दल र सरकारले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरूमाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेर छिमेकी देशसँगको सम्बन्धमा चिसोपना बढाउने गतिविधि गरेको आरोप लगाएका हुन् । 

प्रहरीको सुरक्षामा सरकारका मन्त्री नै सहभागी भएर तिब्बत मामिला संयोजक तथा अमेरिकी उपसहायक विदेशमन्त्रीलाई जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गराउने, गुम्बामा लैजाने गरेको भन्दै उनले प्रश्न गरे, ‘नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, गठबन्धनमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेका हुन् ?’ 

यी सबै गतिविधिप्रति सरकार मौन बसेको भन्दै रावलले आक्रोश व्यक्त गरे । ‘शक्ति राष्ट्रको प्रतिस्पर्धा र द्वन्द्वको घानमा नेपाललाई हाल्ने राष्ट्रघाती क्रियाकलाप मौन किन ?,’ आक्रोशित हुँदै उनले भने, ‘यसबारे सदनलाई जवाफ दिनुपर्छ ।’ 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : ५३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब