धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ « Khabarhub

धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानमा बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । धरान उपमहनगरपालिका-५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका – १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।

टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ । केही दिन अघि पिडित युवतीले आफूलाई ७ वर्षअघि इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा ९ कक्षामा अध्ययनरत हुँदा सोही स्कुलका प्रिन्सिपल राज खड्काले आफूमाथि पटक-पटक बलात्कार गरेको खुलासा गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सार्वजनिक गरेकी थिइन् । यद्यपि यस घटनामा पीडितले यसअघिनै आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपनि आरोपित फरार रहेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ४ : १५ बजे

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ

रास्वपाको लहर : १५ क्षेत्रमा विजयी हुँदा १०६ जनाको अग्रता

काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

आज २०८२ साल फागुन २३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २३ गते शनिबार चैत