धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ | Khabarhub Khabarhub

धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानमा बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । धरान उपमहनगरपालिका-५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका – १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।

टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ । केही दिन अघि पिडित युवतीले आफूलाई ७ वर्षअघि इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा ९ कक्षामा अध्ययनरत हुँदा सोही स्कुलका प्रिन्सिपल राज खड्काले आफूमाथि पटक-पटक बलात्कार गरेको खुलासा गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सार्वजनिक गरेकी थिइन् । यद्यपि यस घटनामा पीडितले यसअघिनै आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपनि आरोपित फरार रहेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ४ : १५ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन