नेप्से परिसूचक सामान्य अंकले वृद्धि « Khabarhub

नेप्से परिसूचक सामान्य अंकले वृद्धि


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ । नेप्सेमा बिहीबार २३ लाख  २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार कारोबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अंकले सुधार आएको थियो ।

नेप्से परिसूचक वृद्धि  भए पनि कारोबार रकममा भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर चार सय ३६.४७ अंकमा पुगेको छ । नेप्सेमा दुई सय २२ कम्पनीको सेयर खरिदबिक्री भएकोमा एक सय ५० कम्पनीका लगानीकर्ताले नाफा कमाए । यस्तै ८६ कम्पनीका लगानीकर्ता आज गुमाएका छन् । १५ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।

नेप्सेमा बिहीबार एक मात्र मेगा बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । मेघा बैंकको सेयर मूल्यमा २२ रुपैयाँ ५० पैसा बढेर दुई सय ४७ रुपैयाँ ५० पैसा पुगेर बन्द भयो । 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ४ : ३९ बजे

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा