रुसी सेनाद्वारा डोनबासमा आक्रमणलाई तीव्रता « Khabarhub

रुसी सेनाद्वारा डोनबासमा आक्रमणलाई तीव्रता


१२ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै शहरमा गोलाबारी गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको युक्रेनी अधिकारीले जनाएका छन् । रुसले युक्रेनी फौजलाई घेरा हाली आक्रमण गरिरहेको समेत अधिकारीले बताएका छन् ।

तीन महिना लामो युद्धमा राजधानी किभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले आफू समर्थित पृथकतावादीको सहयोगमा डोनबासमा पूर्ण नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।

रुसले सेभेरोडोनेत्स्क र लिसिचियान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौंँ सेना परिचालन गरेको छ ।

‘अब सबै कुरा डोनबासमा केन्द्रित छ’ युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले जनाएका छन् । २५ रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको उनले बताए ।

रुसी आक्रमणका कारण उक्त क्षेत्रका ४० भन्दा बढी शहरमा गोलाबारी गरेको र ३८ घर र एउटा विद्यालयसहित ४७ गैरसैनिक सार्वजनिक स्थल ध्वस्त भएरेकोे युक्रेनी सेनाको संयुक्त कार्यदलले बताएको छ । गोलाबारीका क्रममा पाँच नागरिकको मृत्यु भएको १२ घाइते भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वका केही भागमा युक्रेनी सेनाभन्दा रुसी सेनाको सङ्ख्या धेरै रहेको र रुसले युक्रेनसँग कैदी आदानप्रदानको व्यवस्था गर्न असफल भएको बताएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ४ : ५९ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व