फिल्ममा डेब्यु गर्दै गरिमा « Khabarhub

फिल्ममा डेब्यु गर्दै गरिमा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडल गरिमा शर्माले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । म्युजिक भिडियोमा लोकप्रिय रहेकी गरिमाले घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लन्डन टू पेरिस’ मा काम गर्ने सम्झौता गरेकी हुन् । ‘गरिमालाई सुहाउँदो रोल भएकै कारण अनुबन्धित गरिएको हो । उनले क्यारेक्टरलाई जस्टिफाई गर्छिन्’ निर्देशक लामिछानेले भने ।

 यसअघि नै यस प्रोजेक्टमा साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छिन् । मोडर्न लभ स्टोरी भनिएको फिल्मको छायांकन बेलायतको रमणीय दृश्यमा गरिने छ । दुई एक्टर र दुई एक्ट्रेस रहने फिल्ममा लगभग कास्टिङ सकिएको निर्देशक लामिछानेले बताए ।

‘हामी असारको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा छौँ । लगभग कास्टिङ सकिएको छ यद्यपि कागजी सम्झौता नहुँदासम्म केही भन्ने पक्षमा छैनौ’ उनले भने । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लन्डन टु पेरिस’ को केही दिन यता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि  ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता समिक्षकले रुचाएका फिल्म निर्देशन गरिसकेका छन् । यसमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ५ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन