फिल्ममा डेब्यु गर्दै गरिमा | Khabarhub Khabarhub

फिल्ममा डेब्यु गर्दै गरिमा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडल गरिमा शर्माले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । म्युजिक भिडियोमा लोकप्रिय रहेकी गरिमाले घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लन्डन टू पेरिस’ मा काम गर्ने सम्झौता गरेकी हुन् । ‘गरिमालाई सुहाउँदो रोल भएकै कारण अनुबन्धित गरिएको हो । उनले क्यारेक्टरलाई जस्टिफाई गर्छिन्’ निर्देशक लामिछानेले भने ।

 यसअघि नै यस प्रोजेक्टमा साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छिन् । मोडर्न लभ स्टोरी भनिएको फिल्मको छायांकन बेलायतको रमणीय दृश्यमा गरिने छ । दुई एक्टर र दुई एक्ट्रेस रहने फिल्ममा लगभग कास्टिङ सकिएको निर्देशक लामिछानेले बताए ।

‘हामी असारको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा छौँ । लगभग कास्टिङ सकिएको छ यद्यपि कागजी सम्झौता नहुँदासम्म केही भन्ने पक्षमा छैनौ’ उनले भने । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लन्डन टु पेरिस’ को केही दिन यता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि  ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता समिक्षकले रुचाएका फिल्म निर्देशन गरिसकेका छन् । यसमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ५ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी