सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ « Khabarhub

सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको अर्जुनधारा नगरपालिका मा सालको गोलिया काठसहित ३ जना पक्राउ परेका छन् ।

नगरपालिकाको वडा नं. १ स्थित हलुवा गड सामुदायिक वन उपभोक्ता समूहको जगंलबाट बिहीबार करिव १ लाख ४० हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ बस्ने २४ वर्षीय कृष्ण प्रसाईँ, २९ वर्षीय पवन प्रसाईँ र बुद्धशान्ति गाउँपालिका ८ बस्ने ३४ वर्षीय मेघनाथ पौडेल छन् ।

को १ ज १६७३ नम्बरको गाडीमा राखेर लैजाँदै गरेको ३५ क्युफिट सालको गोलिया काठसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल
सुरक्षा वेश खुदुनाबारीबाट खटिएको सशस्त्र प्रहरी र सामुदायिक बन कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई बरामद काठ तथा गाडीसहित आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको टोलीले आजै करिव ५ लाख १७ हजार रुपैयाँ बराबरको १ सय ४८ क्यूफिट सालको काठ बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरीले बर्दियाको मधुवन नगरपालिका ९ धर्मबस्ती र सोही नगरपालिका ७ गंगावस्ती सीमा इलाकाबाट बरामद गरेको हो । बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ६ : ४८ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार