सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ « Khabarhub

सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको अर्जुनधारा नगरपालिका मा सालको गोलिया काठसहित ३ जना पक्राउ परेका छन् ।

नगरपालिकाको वडा नं. १ स्थित हलुवा गड सामुदायिक वन उपभोक्ता समूहको जगंलबाट बिहीबार करिव १ लाख ४० हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ बस्ने २४ वर्षीय कृष्ण प्रसाईँ, २९ वर्षीय पवन प्रसाईँ र बुद्धशान्ति गाउँपालिका ८ बस्ने ३४ वर्षीय मेघनाथ पौडेल छन् ।

को १ ज १६७३ नम्बरको गाडीमा राखेर लैजाँदै गरेको ३५ क्युफिट सालको गोलिया काठसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल
सुरक्षा वेश खुदुनाबारीबाट खटिएको सशस्त्र प्रहरी र सामुदायिक बन कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई बरामद काठ तथा गाडीसहित आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको टोलीले आजै करिव ५ लाख १७ हजार रुपैयाँ बराबरको १ सय ४८ क्यूफिट सालको काठ बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरीले बर्दियाको मधुवन नगरपालिका ९ धर्मबस्ती र सोही नगरपालिका ७ गंगावस्ती सीमा इलाकाबाट बरामद गरेको हो । बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ६ : ४८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी