हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ छ । प्रहरीले हेटौंडा–४ स्कुलरोडबाट २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले २६ बोतल लागूऔषध वनरेक्स सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१० का ३१ वर्षीय राजेश बिकहेटौंडा–५ का २६ वर्षीय मानवीर थिङ रहेका छन् । उनीहरूले बोकेको झोला खानतलासीको क्रममा वनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

यस्तै अवैध लागूऔषध डाइजेपामसहित हेटौंडा–१३, पदमपोखरीबाट एक जनालाई पक्राउ परेका हुन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा २३ वर्षीय निक्मा लामालाई पक्राउ गरेको हो । उनको पाइन्टको खल्तीमा लुकाएर राखेको अवस्थामा लागूऔषध डाईजेपामएम्पुल, फेनारगनएम्पुलनुर्फिनएम्पुल गरी ३ एम्पुललाई लागूऔषध फेला परेको हो ।

 प्रहरीले अनुसन्धानको क्रममा उनको साथबाट करिब ३३ एम्पुल लागूऔषध डाइजेपाम फेला परेको जनाएको छ । पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : २० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि