त्रियुगा नगरपालिकाको १४, १५, १६ र १, २ मा कांग्रेस विजयी « Khabarhub

त्रियुगा नगरपालिकाको १४, १५, १६ र १, २ मा कांग्रेस विजयी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटस्थित पुरानो नगरपालिका त्रियुगा नगरपालिकाको पाँच वटा वडाको मत गणना सकिएको छ । 

वडा नम्बर १४, १५, १६, १ र २ वडा नम्बरको मत गणना सकिएको हो । वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोजकुमार चौधरीको प्यानल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर २ मा नेकपा एमालेका घमानसिंह खत्री दोस्रो कार्यकालमा लागि निर्वाचित भएका हुन् । वडा नम्बर १६ मा गठबन्धनका नेकपा माओवादी केन्द्रका मानबहादुर राईको प्यानलले अत्यधिक मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडा नम्बर १४ मा गठबन्धनका हिमराज मगरको प्यानल र १५ नम्बरमा गठबन्धनका गणेशप्रसाद तिम्सिनाको प्यानलै निर्वाचित भएका छन् । 

त्रियुगा नगरपालिका वडा नम्बर १ मा मनोजकुमार चौधरीले ७६२ मत सहित पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नारायणप्रसाद ढकालले ४८२ मत पाए । विजयी वडासदस्यहरूमा अर्जुनकुमार चौधरी, तेजबहादुर बस्नेत रहेका छन् । महिला सदस्यमा श्यामकुमारी राई विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा आरती सदा निर्वाचित भएका छन् । त्यसैगरी त्रियुगा नगरपालिका वडा नम्बर १६ मा वडाध्यक्षमा मानबहादुर राई निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट राईले ९ सय ३२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर मगरले ३ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका विष्णुबहादुर मगरले १ सय ३६ मत प्राप्त गरेका थिए । राई सहित वडामा प्यानलै विजयी भएको छन् । 

महिला सदस्यमा गोमा कार्कीले ८८० मत प्राप्त गरेकी छिन् भने दलित महिला सदस्य कुन्ती परियारले ८७५ ल्याई विजयी बनेका छन् । खुल्ला सदस्यहरूमा घमनसिंह राईले ८४८ मत ल्याई विजयी बनेका छन् भने अर्का खुल्ला सदस्य राम नारायण श्रेष्ठले ८२८ मत ल्याई विजयी भएका छन् । राई नेकपा माओवादी र नेकपा (एस)को संयुक्त गठबन्धनका वडाध्यक्ष उम्मेदवार हो । वडाध्यक्ष राईको पुन दोस्रो कार्यकाल हो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : ५६ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट