सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी  « Khabarhub

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी 


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिममा वडा नम्बर १४ को  मतगणना गरिएको हो । वडा नम्बर १४ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ ३ हजार ४४२ मत पाएर विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी एमालेकी रश्मी खड्काले ३ हजार तीन सय ४६ मत ल्याइन् । सुमन र रश्मीबीच ९६ मतको मतान्तर छ ।

यस वडाबाट मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ । मतगणना नसकिँदै काठमाडौंको मेयर उपमेयरले भने जित सुनिश्चित गरिसकेका थिए । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् । निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : ०७ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट