गुल्मीको मदानेमा सुत्केरीलाई एम्बुलेन्स र २० युनिटसम्म विद्युत महसुल नि:शुल्क « Khabarhub

गुल्मीको मदानेमा सुत्केरीलाई एम्बुलेन्स र २० युनिटसम्म विद्युत महसुल नि:शुल्क


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुल्मीको मदाने गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले मदाने गाउँपालिकाका स्थानीयलाई २० युनिटसम्मको विद्युत महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको पहिलो बैठकले २० युनिटसम्मको विद्युत महसुल निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले जानकारी दिए ।

यस्तै बैठकले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत निर्णण गरेको छ । गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले भने, ‘हाम्रो पहिलो बैठकले मदानेवासीलाई राहत हुने यी दुई निर्णय गरेको छ, अझै हामीले धेरै गर्नुपर्ने छ ।’

हालै भएको स्थानीय तहको निर्वाचनमा मदाने गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र कुँवर विजयी भएका थिए भने उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी