इरानमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो | Khabarhub Khabarhub

इरानमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै इरानको समाचार संस्था इस्नाले जनाएको छ । अहिलेसम्म उक्त दुर्घटनामा ३७ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप गभर्नर एहसन अब्बासपुरले इस्नालाई बताए ।

अब्बासपुर र अन्य स्रोतबाट प्राप्त रिपोर्टअनुसार उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ । सरकारले उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने जनाएको छ ।

गत मंगलबार उक्त भवनका मालिक र ठेकेदारको पनि हत्या भएको घटनापछि १० जनालाई पक्राउ गरिएको मिजान समाचार संस्थाले जनाएको छ । निर्माणाधीन भवन अबागान शहरको भीडभाड सडकमा अवस्थित छ ।

यसको वरिपरि व्यापारिक तथा चिकित्सा परिसरहरू छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ११ : ३६ बजे

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान