यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य   « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ ।

यस्तै गरी पाकेको फर्सी २५ रुपैयाँ,  परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ ।

ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने सानो लोकल ३० रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ केजीको पर्दछ । मुडेको आलु ३६ रुपैयाँ, सुकेको प्याज १३० रुपैयाँ मूल्य तोकिएको छ । यस्तै गरी लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, सेतो मुला ५० रुपैयाँ  छ ।

घिउ सिमी ६० रुपैयाँ, तने बोडी ४० रुपैयाँ भन्टा २० रुपैयाँ छ । कालीमाटी बजारले दिएको थोक मूल्य विवरणअनुसार भन्टा भिण्डी आलु गोलभेँडालगायत तरकारीहरू भने ५० रुपैयाँभन्दा कम मूल्यमै किन्न पाइन्छ ।

तर, ब्रोकाउली, च्याउ, गुन्द्रुक पुदिना कुरिलो प्याज, कागती गान्टे मुला पार्सले सेलरी जिरीको साग भने सय रुपैयाँभन्दा बढी मूल्य पर्दछ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल