निश्चलले छाडे ‘प्रसाद २’  « Khabarhub

निश्चलले छाडे ‘प्रसाद २’ 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छायांकनमा ननिस्किँदै फिल्म ‘प्रसाद २’ मा धेरै फेरबदल भइरहेको छ । फिल्ममा निर्देशक पश्चात् अभिनेता पनि फेरिने भएका छन् ।

फिल्मका लिड क्यारेक्टर मध्येका एक निश्चल बस्नेतले फिल्ममा अभिनय नगर्ने भएका छन् । उनले आफ्नो आउँदो प्रोजेक्टको लागि फिल्म छाडेको बुझिएको छ । निश्चलले लामो समय कुर्दा पनि फिल्म फ्लोरमा नगएको र आफू नयाँ फिल्मको तयारी गरिरहेकाले समय दिन नसक्ने निर्माण पक्षलाई बताएका छन् ।

दिनेश राउतले निर्देशन गरेको यसको पहिलो भागमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको थियो । दोस्रो भाग पनि यही कलाकारका साथ गर्ने निर्माण पक्षको योजना निश्चल आउट भएसँगै अपुरो रहेको छ । निर्माता सुभाष थापाले निश्चलको ठाउँमा अर्पण थापा लिने तयारी गरिरहेको जानकारी गराए ।

फिल्मको सुटिङ असार १५ देखि गर्ने निर्माताको तयारी छ । पोखराको हेम्जाकोटमा हुने सुटिङका लागि विपिनको समय बाधक बनेको छ । विपिनले बलिउड फिल्म ‘एनिमल’का लागि जुलाई–अगस्टको समय दिएका छन् । विपिनको एनिमलको पहिलो सेड्युलको तय भएसँगै फिल्म फ्लोरमा जानेछ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : २५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल