निश्चलले छाडे ‘प्रसाद २’  « Khabarhub

निश्चलले छाडे ‘प्रसाद २’ 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छायांकनमा ननिस्किँदै फिल्म ‘प्रसाद २’ मा धेरै फेरबदल भइरहेको छ । फिल्ममा निर्देशक पश्चात् अभिनेता पनि फेरिने भएका छन् ।

फिल्मका लिड क्यारेक्टर मध्येका एक निश्चल बस्नेतले फिल्ममा अभिनय नगर्ने भएका छन् । उनले आफ्नो आउँदो प्रोजेक्टको लागि फिल्म छाडेको बुझिएको छ । निश्चलले लामो समय कुर्दा पनि फिल्म फ्लोरमा नगएको र आफू नयाँ फिल्मको तयारी गरिरहेकाले समय दिन नसक्ने निर्माण पक्षलाई बताएका छन् ।

दिनेश राउतले निर्देशन गरेको यसको पहिलो भागमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको थियो । दोस्रो भाग पनि यही कलाकारका साथ गर्ने निर्माण पक्षको योजना निश्चल आउट भएसँगै अपुरो रहेको छ । निर्माता सुभाष थापाले निश्चलको ठाउँमा अर्पण थापा लिने तयारी गरिरहेको जानकारी गराए ।

फिल्मको सुटिङ असार १५ देखि गर्ने निर्माताको तयारी छ । पोखराको हेम्जाकोटमा हुने सुटिङका लागि विपिनको समय बाधक बनेको छ । विपिनले बलिउड फिल्म ‘एनिमल’का लागि जुलाई–अगस्टको समय दिएका छन् । विपिनको एनिमलको पहिलो सेड्युलको तय भएसँगै फिल्म फ्लोरमा जानेछ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : २५ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ