कर्णाली प्रदेशमा चलचित्र कार्यशाला हुँदै  | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा चलचित्र कार्यशाला हुँदै 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही १४ असार देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ ।

आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ । यसपटक कार्यर्शालामा अभिनेता नीर शाहको विशेष कक्षा हुने भएको छ । यस्तै चलचित्र विकाश बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएको छन् ।

‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको सांस्कृतिक विविधता, जनजीवनको कथालाई फिल्ममा ल्याउनका लागि सो प्रदेशमै दक्ष  फिल्मकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो । विविध साधन र श्रोत भएर पनि कर्णाली प्रदेश फिल्म निर्माणमा निकै पछाडि छ’  आयोजक खड्काले भने ।

दुर सञ्चार प्राधिकरणको सह आयोजना तथा चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उद्योग वाणिज्य संघ सुर्खेतको सहकार्यमा यो कार्यशाला सम्पन्न हुने पनि खड्काले बताए । चलचित्रको कार्यशालामा चलचित्र निर्देशक गीतकार एवम् पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायाकार बिष्ण कल्पितले छायाँकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिबम अधिकारीले लेखनसम्बन्धी कक्षा लिने पनि खड्काले बताएका छन् ।

कार्यशालामा प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाँकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिइने छ । जसका लागि नेपाली चलचित्र उद्योगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिनेछन् । यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक एक जना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास हुनेछ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : १९ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको