कर्णाली प्रदेशमा चलचित्र कार्यशाला हुँदै  « Khabarhub

कर्णाली प्रदेशमा चलचित्र कार्यशाला हुँदै 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही १४ असार देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ ।

आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ । यसपटक कार्यर्शालामा अभिनेता नीर शाहको विशेष कक्षा हुने भएको छ । यस्तै चलचित्र विकाश बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएको छन् ।

‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको सांस्कृतिक विविधता, जनजीवनको कथालाई फिल्ममा ल्याउनका लागि सो प्रदेशमै दक्ष  फिल्मकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो । विविध साधन र श्रोत भएर पनि कर्णाली प्रदेश फिल्म निर्माणमा निकै पछाडि छ’  आयोजक खड्काले भने ।

दुर सञ्चार प्राधिकरणको सह आयोजना तथा चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उद्योग वाणिज्य संघ सुर्खेतको सहकार्यमा यो कार्यशाला सम्पन्न हुने पनि खड्काले बताए । चलचित्रको कार्यशालामा चलचित्र निर्देशक गीतकार एवम् पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायाकार बिष्ण कल्पितले छायाँकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिबम अधिकारीले लेखनसम्बन्धी कक्षा लिने पनि खड्काले बताएका छन् ।

कार्यशालामा प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाँकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिइने छ । जसका लागि नेपाली चलचित्र उद्योगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिनेछन् । यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक एक जना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास हुनेछ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : १९ बजे

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।