‘लू’ निर्देशकमा प्रदीप भट्टराई अनुबन्धित  « Khabarhub

‘लू’ निर्देशकमा प्रदीप भट्टराई अनुबन्धित 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’ माथि निर्माण हुन लागेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निर्मात्री निशा खरेल र निर्देशक भट्टराईबिच लिखित सहमति भएको छ । जात्रा सिरिज मार्फत व्यावसायिक र समीक्षात्मक सफलता बटुलेका निर्देशक भट्टराईले महापुरुषको छायांकन सकाएपछि ‘लू’ को काममा व्यस्त हुने बताए ।

‘काम गर्ने सहमति भएको छ । के – कसरी गर्ने भन्ने विषयमा पत्रकार सम्मेलन मार्फत नै जानकारी गराउने निर्माण पक्षको तयारी छ’ निर्देशक भट्टराईले भने । गत असार ४ गतेबाट छायांकनमा रहेको फिल्म ‘महापुरुष’ को अझै ३५ दिनको सेड्युल बाँकी रहेको छ । ‘महापुरुषलाई काठमाडौं र आसपासमा छायांकन गरिरहेका छौँ । अहिले सम्पूर्ण ध्यान यसमै छ’ निर्देशक भट्टराईले भने ।

‘लू’ उपन्यासजस्तै फिल्म पनि उत्तिकै रोचक हुने कुरा उल्लेख छ । ‘यो उपन्यास जति रोमाञ्चक छ उति नै मजा आउने किसिमको छ । यसमा नेपाल र भारतको सीमा विषय पनि उठेको छ । दर्शकलाई मन पर्ने कथा, विषय र ह्युमर यसमा समेटिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।कारो फिल्म्सले ‘लू’सहित अन्य बिग बजेटका फिल्मको निर्माण गर्ने पनि जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ४० बजे

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर